बाढीले क्षति गरेको कोशी लोकमार्गबारे योगेशले गराए सरकारलाई ध्यानाकर्षण
शनिबार, १७ जेठ २०८२, १४ : ०७
_9npuAyXm5P.jpg)
समाचार सारांश
- नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी लोकमार्ग लगायतका सडकमा तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
- भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै सडक मर्मतको माग गरेका छन्।
- अविरल वर्षापछि आएको बाढीले कोशी लोकमार्ग, तमोर कोरिडोर लगायतका सडकमा क्षति पुर्याएको छ।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गएराति अविरल वर्षासँगै आएको बढीले क्षति गरेको कोशी लोकमार्ग लगायत विभिन्न सडकमा तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका सचिव भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सचिव भट्टराईले क्षति भएका सडकको पुनः निर्माण गर्न समेत सरकारसँग आग्रह गरेका छन् । भट्टराईले भनेका छन् : ‘गत रातिको अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग, तमोर, कोरिडोर लगायत विभिन्न स्थानमा सडकमा क्षतिका कारण यातायातमा समस्या भएको छ । तत्काल वैकल्पिक मार्ग निर्माण गरी यातायात सुचारु गर्न र क्षति भएका सडकको पुनः निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’
-
गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र