बाढीले क्षति गरेको कोशी लोकमार्गबारे योगेशले गराए सरकारलाई ध्यानाकर्षण
शनिबार, १७ जेठ २०८२, १४ : ०७
सारांश
- नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी लोकमार्ग लगायतका सडकमा तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
- भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै सडक मर्मतको माग गरेका छन्।
- अविरल वर्षापछि आएको बाढीले कोशी लोकमार्ग, तमोर कोरिडोर लगायतका सडकमा क्षति पुर्याएको छ।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गएराति अविरल वर्षासँगै आएको बढीले क्षति गरेको कोशी लोकमार्ग लगायत विभिन्न सडकमा तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका सचिव भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सचिव भट्टराईले क्षति भएका सडकको पुनः निर्माण गर्न समेत सरकारसँग आग्रह गरेका छन् । भट्टराईले भनेका छन् : ‘गत रातिको अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग, तमोर, कोरिडोर लगायत विभिन्न स्थानमा सडकमा क्षतिका कारण यातायातमा समस्या भएको छ । तत्काल वैकल्पिक मार्ग निर्माण गरी यातायात सुचारु गर्न र क्षति भएका सडकको पुनः निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण