चीनले एसियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको छ : अमेरिकी रक्षामन्त्री
सारांश
- अमेरिकी रक्षामन्त्रीले चीनले एसियामा शक्ति सन्तुलन बिगार्न सैन्य बल प्रयोग गर्न सक्ने चेतावनी दिए।
- ट्रम्प प्रशासनले चीनसँग व्यापार, प्रविधि र रणनीतिक प्रभावका विषयमा छलफल गरिरहेको छ।
- हेगसेथले चीन ताइवानमाथि आक्रमणको तयारी गरिरहेको र अमेरिकी सहयोगीहरूलाई प्रतिरक्षा सुदृढ गर्न आह्वान गरे।
सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा उक्त टिप्पणी गरेका हुन् ।
जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध सुरु गरेका छन् । उनले प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न खोजेका छन् र बेइजिङसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्सजस्ता सहयोगीहरूसँग सुरक्षा सम्बन्धलाई गहिरो बनाएका छन् ।
विश्वभरका रक्षा अधिकारीहरूको सहभागिता रहेको साङ्ग्रिला संवादमा हेगसेठले भने, ‘चीनले खडा गरेको खतरा वास्तविक हो र यो तत्त्काल हुनसक्छ।’ ‘इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने तयारी बेइजिङले गरिरहेको छ,’ उनले भने ।
हेगसेथले चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्ने क्षमता निर्माण गरिरहेको र ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास’ गरिरहेको चेतावनी समेत दिए । बेइजिङले ताइवानमाथि सैन्य दबाब बढाएको छ र टापुको वरिपरि धेरै ठूला अभ्यासहरू गरेको छ, जसलाई प्रायः नाकाबन्दी वा आक्रमणको तयारीको रूपमा वर्णन गरिन्छ।
हेगसेठले संयुक्त राज्य अमेरिका ‘साम्यवादी चीनको आक्रामकतालाई रोक्नको लागि पुनः उन्मुख भइरहेको’ बताउँदै एसियामा रहेका अमेरिकी सहयोगी र साझेदारहरूलाई बढ्दो खतराको सामना गर्दै आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण