सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन

शनिबार, १७ जेठ २०८२, १४ : ३२
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूसँग सरकार डराएको बताए।
  • पार्टीको बैठकमा आन्दोलनलाई अझै सशक्त बनाउने र आगामी कार्यक्रमबारे छलफल भयो।
  • लिङ्देनले सरकारले निषेधित क्षेत्र घोषणा गर्नुलाई डरको प्रमाणको रूपमा व्याख्या गरे।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिएका हुन् । 

उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए । अध्यक्ष लिङ्देनले भने, ‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो । सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ ।’

अध्यक्ष लिङ्देनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौँ आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए । दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको उनले दाबी गरे  । गणतन्त्र झन् कमजोर हुँदै गएको प्रमाणित भएको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप