थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज
सारांश
- थाइल्यान्डकी ओपल सुचाता चुआंग्स्रीले मिस वर्ल्डको ताज पहिरिएकी छिन्। हैदराबादमा आयोजित समारोहमा क्रिस्टिना पेज्कोभाले ताज हस्तान्तरण गरिन्।
- इथियोपियाकी हासेट डेरेजे दोस्रो र मार्टिनिककी औरेली योहाचिम तेस्रो स्थानमा रहे।
- यो प्रतियोगिता मे ७ मा सुरु भई मे ३१ मा नयाँ मिस वर्ल्डको छनोटसँगै समापन भयो।
तेलंगाना । यस वर्षको मिस वर्ल्डको ताज थाइल्यान्डकी ओपल सुचाता चुआंग्स्रीलाई पहिराइएको छ। शनिबार साँझ भारतको तेलंगानाको हैदराबदस्थित हाइटेक्समा आयोजित समारोहमा ७१ औँ मिस वर्ल्ड विजेता क्रिस्टिना पेज्कोभाले ओपललाई ७२ औँ संस्करणको नतिजा घोषणासहित ताज पहिराएकी हुन् ।
प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजेले दोस्रो स्थान प्राप्त गरेकी छन् भने मार्टिनिककी औरेली योहाचिम तेस्रो भएकी छन् । यो वर्ष ग्रान्ड फिनालेको होस्टिङ मिस वर्ल्ड २०१६ स्टेफानी डेल भ्यालेले भारतीय प्रस्तोता साचिन कुम्भारसँग संयुक्त रूपमा गरेका थिए ।
सो प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् भने भारतकी नन्दिनी गुप्ता सहित १०८ देशका युवतीहरूले ‘मिस वर्ल्ड’ प्रतियोगितामा भाग लिएका थिए ।
नन्दिनी अन्तिम दौडबाट बाहिरिएकी थिइन्। कार्यक्रममा बलिउड कलाकार ज्याक्लिन फर्नान्डिस र इशान खट्टरको लाइभ प्रस्तुति रहेको थियो ।
मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ । यो प्रतियोगिता सन् १९५१ देखि सुरु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण