कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
आइतबार, १८ जेठ २०८२, १७ : १५
सारांश
- महोत्तरीको बर्दिबासबाट प्रहरीले कारमा लुकाएर राखेको गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-११ का ३१ वर्षीय रगलाल सेङताङ रहेका छन्।
- प्रहरीले ४० केजी ४२० ग्राम गाँजासहित बागमती प्रदेशको कार नियन्त्रणमा लिएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको हो ।
माइस्थानबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३० च ७८०५ नम्बरको इभी कारमा ४० केजी ४२० ग्राम गाँजा भेटिएको छ । सो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण