कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
आइतबार, १८ जेठ २०८२, १७ : १५

समाचार सारांश
- महोत्तरीको बर्दिबासबाट प्रहरीले कारमा लुकाएर राखेको गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-११ का ३१ वर्षीय रगलाल सेङताङ रहेका छन्।
- प्रहरीले ४० केजी ४२० ग्राम गाँजासहित बागमती प्रदेशको कार नियन्त्रणमा लिएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको हो ।
माइस्थानबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३० च ७८०५ नम्बरको इभी कारमा ४० केजी ४२० ग्राम गाँजा भेटिएको छ । सो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।