अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
सारांश
- सोलुखुम्बुमा चालु आर्थिक वर्षमा ७० वटा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्।
- उजुरीहरूमा विकास निर्माण र योजना कार्यान्वयनमा अनियमितता, पारदर्शिताको अभाव लगायतका विषयहरू छन्। नेचासल्यान गाउँपालिकामा सबैभन्दा बढी उजुरी दर्ता भएका छन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले प्राप्त उजुरीमध्ये ७९ प्रतिशत फर्छ्यौट गरिसकेको छ र बाँकीको अनुसन्धान जारी छ।
सोलुखुम्बु। चालु आर्थिक वर्षमा सोलुखुम्बुका ७० भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती उजुरीमध्ये केही सङ्घ र प्रदेश सरकारका निकाय विरुद्ध भए पनि अधिकांश स्थानीय तहसँग सम्बन्धित छन् ।
खासगरी विकास निर्माण र योजना कार्यान्वयनमा हुने अनियमितता, पारदर्शिताको अभाव लगायतका विषयमा उजुरी परेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी नेचासल्यान गाउँपालिकाको छ । नेचासल्यानको मात्रै १२ वटा उजुरी दर्ता भएका छन् । त्यसपछि माप्यदुधकोशी र लिखुपिकेको पाँच–पाँच उजुरी छन् भने थुलुङ दुधकोशी गाउँपालिकाको चार उजुरी छन् ।
खुम्बु पासाङल्हामु, महाकुलुङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाविरुद्ध दुई–दुई उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रवक्ता तुलसीराम पौडेलका अनुसार प्राप्त उजुरीमध्ये हालसम्म ७९ प्रतिशतको फर्छ्यौट भइसकेको छ । बर्दिबासमा मात्र ३२ वटा उजुरी दर्ता भएको र १९ उजुरीको छिनोफानो भइसकेको छ । बाँकी १३ उजुरीको अनुसन्धान पूरा हुन बाँकी छ ।
बर्दिबासस्थित आयोग कार्यालयको कोशी प्रदेशअन्तर्गत सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ, मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी र सर्लाही तथा बाग्मती प्रदेशका सिन्धुली र रामेछाप गरी जम्मा नौ जिल्ला कार्यक्षेत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण