कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे लगत्तै छुटे, प्रधानमन्त्री र गृहमन्त्रीलाई व्यंग्य गर्दै धन्यवाद दिए।
- थापाले आफूले निषेधित क्षेत्र नतोडेको दाबी गर्दै दमन र निषेधले विचार नमर्ने बताए।
- राजसंस्था पुनर्स्थापनाको संकल्प अझै सुदृढ भएको थापाको भनाइ, पक्राउ परेका सातै जनालाई प्रहरीले छोड्यो।
काठमाडौँ । आइतबार पक्राउपछि छुटेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्यङ्ग्य गर्दै धन्यवाद दिएका छन् ।
आइतबार राति प्रहरीको हिरासतबाट छुटेका थापाले सोमबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई बर्बरतापूर्ण व्यवहारका लागि धन्यवाद दिएका हुन् । ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईँहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
साथै अध्यक्ष थापाले आफूले निषेधित क्षेत्र नतोडेको दाबी समेत गरेका छन्। ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ’, थापाले भनेका छन् । दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्प अझै सुदृढ भएको दाबी गरेका छन् ।
आइतबार दिउँसो राजा फर्काउने भन्दै गरिएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले उनलाई काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको थियो । थापासहित पक्राउ परेका सात जनालाई आइतबारै राति प्रहरीले छाडिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण