लन्डनमा नेपाली चलचित्र महोत्सव सम्पन्न, दर्जनौँ कलाकारको जमघट

समाचार सारांश
- लन्डनमा सम्पन्न तेस्रो नेपाली चलचित्र महोत्सवमा विभिन्न विधामा अवार्ड प्रदान गरियो।
- वरिष्ठ कलाकार सन्तोष पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र अन्य कलाकारहरूलाई विशेष अवार्ड प्रदान गरियो।
- कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले गरेका कामबारे जानकारी गराए।
लन्डन । थर्ड आइले लन्डनमा आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव सम्पन्न भएको छ । मे १८ बाट सुरु गरेर मे ३१ सम्म विभिन्न सहरमा कार्यक्रम गरिएको आयोजक थर्ड आइले जनाएको छ ।
शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा सम्पन्न उक्त समारोहमा उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ट कलाकार र यूकेस्थित नेपाली कलाकारहरूलाई अवार्ड प्रदान गरियो । नेपाली फिल्म फेस्टिभल युके २०२५ का लागि विश्वभरबाट आवेदन परेका ३९८ मध्ये चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड प्रदान गरिएको हो ।
एनआरएनए पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पत्रकार नवीन पोखरेल लगायतले प्रमाणपत्रसहित अवार्ड प्रदान गरे ।
सोही अवसरमा तीन दशक भन्दा बढी कलाकारिता क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पुर्याएवापत वरिष्ठ कलाकार सन्तोष पन्तलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल ओबीइ र चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले पन्तलाई सो अवार्ड प्रदान गरे ।
नेपालबाट आएका अन्य कलाकारहरू विपना थापा, धिरेन शाक्य, नीति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्की एवं यूकेमा रहेका कलाकारहरू रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र प्रतीक दूतराज (बेल्जियम) लाई नेपाली कलाकारितामा उनीहरुको योगदानका लागि पनि विशेष अवार्ड प्रदान गरिएको छ ।
डा. धिताल, बोर्ड अध्यक्ष डिसी, राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाज बेलायत अध्यक्ष सोनाम शेर्पा, आयोजक थर्ड आइका तर्फबाट अध्यक्ष विकास देवकोटा, सदस्यहरू सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्काले कलाकारहरूलाई खादा, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रका विशेष अतिथि दिनेश डिसीले आफू यस पटक चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा भएको र तेस्रो महोत्सवसम्म पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । विदेशमा आयोजना हुने यस किसिमका इभेन्टले विदेशमा नेपाली चलचित्र प्रवर्धन र कलाकारहरूलाई हौसला मिल्ने उनले उल्लेख गरे । आफूले नेतृत्व सम्हालेको करिब ७ महिनाभित्र धेरै परिवर्तन भएको उनले बताए ।
बोर्डले बनेपामा हालसम्मकै ठुलो इन्डोर फिल्म छायांकन स्टुडियो निर्माण प्रक्रिया सुरु, बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालन, विसं २०२६ सालमा बनेको चलचित्र ऐन समयसापेक्ष बनाउन चलचित्रसम्बन्धी ऐन कानुन संशोधन आदि काम गरेको डिसीले बताए ।
आयोजक कमिटीका ओजेश सिंहले स्वागत मन्तव्य दिँदै विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरूलाई प्रोत्साहित गर्न महोत्सव गरिएको बताए । तेस्रो संस्करणसम्म आइपुग्दा महोत्सव झन् व्यापक बनेकामा सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे ।
थर्ड आइका अध्यक्ष विकास देवकोटाले नेपाली कला संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले आउँदा वर्षहरूमा कार्यक्रम थप परिष्कृत गरिँदै लाने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
लन्डनकी नायिका एवं मोडल प्रसुना कंडेल र नेपालबाट आएका गायक तथा उद्घोषक राजेश बर्देवाले सञ्चालन गरेको महोत्सव समापन समारोहमा गायक गायिका प्रताप दास र सुवानी मोक्तानको गायन अनि आश्मा विश्वकर्माको आकर्षक नृत्यले थप रौनक थपेको थियो ।
सो अवसरमा बेलायतका स्थानीय कलाकार सरस्वती कुंवर र लक्ष्मण महराले पनि गायन प्रस्तुत गरे । कार्यक्रलाई सफल पार्न फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्काले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
-
भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
-
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’