कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
सारांश
- नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको छ।
- बैठकमा गृहमन्त्रीको राजीनामा माग र उच्चस्तरीय छानबिन आयोगको मागबारे छलफल भइरहेको छ।
- पार्टीले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको तदर्थ समितिको विषयमा पनि छलफल हुनेछ।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसिरहेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको विषयमा छलफल भइरहेको छ । विपक्षीहरूले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । जेठ १३, र १४ गतेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका विपक्षीहरूले मंगलबार बस्न लागेको बैठक पनि अवरोध गर्ने तयारी गरिरहेका छन् ।
त्यस्तै पार्टीले दिएको समयमा महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको तदर्थ समिति के गर्ने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ । महाधिवेशन गर्न नसक्ने चार भ्रातृसंस्था नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र दलित संघलाई खारेज गर्नुपर्ने आवाज चर्को रूपमा उठिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण