दरबार हत्याकाण्डमा मारिनेहरूको सम्झनामा जनआन्दोलन समितिले दीप प्रज्वलन गर्ने
सोमबार, १९ जेठ २०८२, ११ : ५१

समाचार सारांश
- संयुक्त जनआन्दोलन समितिले दरबार हत्याकाण्डमा मारिएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने भएको छ।
- समितिका संयोजक नवराज सुवेदीले साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गरिने बताए।
- विज्ञप्तिमा शोकका दिन जुलुस र धर्ना जस्ता कार्यक्रम नराखिने उल्लेख छ।
काठमाडौँ । राजतन्त्रको पक्षमा आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा मारिनेहरूको स्मरणमा दीप प्रज्वलन गर्ने भएको छ ।
सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै साँझ ६ बजे राजधानीको कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा शोकका दिन कुनै पनि जुलुस र धर्ना जस्ता कार्यक्रमहरू नराखिएको समेत जनाइएको छ । संयोजक सुवेदीले दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेका छन् ।
२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित १० जनाको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ