दरबार हत्याकाण्डमा मारिनेहरूको सम्झनामा जनआन्दोलन समितिले दीप प्रज्वलन गर्ने
सोमबार, १९ जेठ २०८२, ११ : ५१
सारांश
- संयुक्त जनआन्दोलन समितिले दरबार हत्याकाण्डमा मारिएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने भएको छ।
- समितिका संयोजक नवराज सुवेदीले साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गरिने बताए।
- विज्ञप्तिमा शोकका दिन जुलुस र धर्ना जस्ता कार्यक्रम नराखिने उल्लेख छ।
काठमाडौँ । राजतन्त्रको पक्षमा आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा मारिनेहरूको स्मरणमा दीप प्रज्वलन गर्ने भएको छ ।
सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै साँझ ६ बजे राजधानीको कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा शोकका दिन कुनै पनि जुलुस र धर्ना जस्ता कार्यक्रमहरू नराखिएको समेत जनाइएको छ । संयोजक सुवेदीले दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेका छन् ।
२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित १० जनाको हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण