काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास : नेता साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको बताए।
- काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, अनसन, धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरेको छ।
- साहले सरकारको निषेधात्मक अग्रसरताप्रति चिन्ता व्यक्त गर्दै सरकारको निर्णय सच्याउन माग गरेका छन्।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज नेता साहले सरकारद्वारा विरोध कार्यक्रम गर्न निषेध गरिएकोमा उनले विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
काठमाडौँ जिल्ला प्रशासनले चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका कार्यक्रम गर्न दुई महिनासम्मका लागि निषेध गरेको छ । सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखी दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु क्षेत्रमा मात्र विरोधका कार्यक्रम गर्न भनेको छ ।
आजपा अध्यक्ष साहले अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा सरकारले लिएको निषेधात्मक अग्रसरता गम्भीर चिन्ताको विषय भएको भन्दै सरकारको विरोध सरकारसँग सोधेर गर्नुपर्ने सरकारको अपेक्षा दुई तिहाईको दम्भ बाहेक अरू केही पनि नभएको जनाएका छन् ।
सरकारको अलोकतान्त्रिक निर्णय तुरुन्त सच्याई नेपाली जनताको संवैधानिक हकको रक्षाको ग्यारेन्टी गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण