बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपाली रोनिशलाई फष्ट रनर अपको उपाधि

सोमबार, १९ जेठ २०८२, १३ : १५
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • रोनिश खड्गीले फिलिपिन्समा भएको 'रनवे मोडल युनिभर्स २०२५' मा फष्ट रनर अपको उपाधि जिते।
  • प्रतियोगितामा नेपालको तर्फबाट खड्गी एक्लो सहभागी थिए, जहाँ उनले नेपाली कला र संस्कृतिको प्रदर्शन गरे।
  • आयुष दुलाल 'म्यान अफ द वर्ल्ड २०२५' मा उत्कृष्ट १० भित्र पर्न सफल भए।

काठमाडौँ । फिलिपिन्सको मनिला सहरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपालका रोनिश खड्गीले फष्ट रनर अपको उपाधि पाएका छन् । ३० बढी देशका प्रतियोगी सहभागी रहेको प्रतियोगिता गत २३ देखि ३१ मेसम्म आयोजना भएको थियो ।

प्रतियोगितामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए । प्रतियोगितामा आफूले नेपाली कला संस्कृति समेत प्रस्तुत गरेको खड्गीले बताए । खड्गी ‘मोडल हन्ट नेपाल २०२३’ का विजेता हुन् । त्यस्तै, फिलिपिन्समै आयोजना भएको ‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपाली आयुष दुलाल भने उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

दुलाल ‘मिस्टर नेपाल २०२४’ मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ को उपाधि  विजेता हुन् । दुवै प्रतियोगीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालकी पठाएको हो ।

नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले आफूले पठाएका प्रतियोगीले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘अहिलेको उपलब्धिले आगामी वर्षका प्रतियोगीलाई हौसला र सहयोग मिल्नेछ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप