‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपाली रोनिशलाई फष्ट रनर अपको उपाधि
सारांश
- रोनिश खड्गीले फिलिपिन्समा भएको 'रनवे मोडल युनिभर्स २०२५' मा फष्ट रनर अपको उपाधि जिते।
- प्रतियोगितामा नेपालको तर्फबाट खड्गी एक्लो सहभागी थिए, जहाँ उनले नेपाली कला र संस्कृतिको प्रदर्शन गरे।
- आयुष दुलाल 'म्यान अफ द वर्ल्ड २०२५' मा उत्कृष्ट १० भित्र पर्न सफल भए।
काठमाडौँ । फिलिपिन्सको मनिला सहरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपालका रोनिश खड्गीले फष्ट रनर अपको उपाधि पाएका छन् । ३० बढी देशका प्रतियोगी सहभागी रहेको प्रतियोगिता गत २३ देखि ३१ मेसम्म आयोजना भएको थियो ।
प्रतियोगितामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए । प्रतियोगितामा आफूले नेपाली कला संस्कृति समेत प्रस्तुत गरेको खड्गीले बताए । खड्गी ‘मोडल हन्ट नेपाल २०२३’ का विजेता हुन् । त्यस्तै, फिलिपिन्समै आयोजना भएको ‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपाली आयुष दुलाल भने उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।
दुलाल ‘मिस्टर नेपाल २०२४’ मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ को उपाधि विजेता हुन् । दुवै प्रतियोगीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालकी पठाएको हो ।
नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले आफूले पठाएका प्रतियोगीले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘अहिलेको उपलब्धिले आगामी वर्षका प्रतियोगीलाई हौसला र सहयोग मिल्नेछ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण