टीबी स्मृति प्रथम १६ वर्षमुनिकाे राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू

सुर्खेत । नेपाल क्रिकेट सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टीबी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ बर्समुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सोमबार वीरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एक कार्यक्रमकाबिच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै भएको पहिलो खेलमा कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै जीत निकालेको हो ।
टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङ दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिँदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अङ्कको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
कोशीका लागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिङ गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिङ र फिल्डिङलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टाराईले १ विकेट लिँदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए ।
१ सय २ रनकाे सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए ।
५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे । अहिले घरेलु टोली कर्णाली र पाहुना टोली मधेश प्रदेशबीचको खेल कालु∙चोक मैदानमा जारी रहेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो। मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए भने त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए।
अहिले कर्णाली जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा कर्णाली क्रिकेट सङ्घको सहआयोजनामा सुरु भएको प्रतियोगिता जेठ ३१ गतेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
-
नवीकरणीय ऊर्जा विकासमा ४० अर्ब डलरको खाडल, लगानीमैत्री वातावरण कसरी बनाउने ?
-
वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील छैन : प्रचण्ड
-
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
-
डिजिटल भुक्तानी सहज बनाउन एभरेस्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन