राष्ट्रपतिसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
सोमबार, १९ जेठ २०८२, १६ : ५९

समाचार सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ५ देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरे।
- सोमबार शीतल निवासमा आयोजित समारोहमा केन्या, जोर्डन, जिम्बाब्वे, डेनमार्क र उरुग्वेका राजदूतहरूले प्रमाणपत्र बुझाए।
- समारोहमा परराष्ट्रमन्त्री र अन्य उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त ५ देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयाजित छुट्टाछुट्टै समारोहमा केन्याका राजदूत मुनीयिरी पिटर, जोर्डनका राजदूत युसेफ अब्देलगनी, जिम्बाब्वेका राजदूत स्टेला एन्कोमो वाहागन, डेनमार्कका राजदूत रस्मुस आबिलगार्ड र उरुग्वेका राजदूत अल्बर्टो ए. गुआनीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । सबै गैरआवासीय राजदूत भएको बताइएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गरोस् : सांसद तामाङ
-
रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा
-
नारामै सीमित भयो ‘अर्ग्यानिक कर्णाली’
-
गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भयो : माओवादी केन्द्र
-
एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज
-
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक