राष्ट्रपतिसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
सोमबार, १९ जेठ २०८२, १६ : ५९
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ५ देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरे।
- सोमबार शीतल निवासमा आयोजित समारोहमा केन्या, जोर्डन, जिम्बाब्वे, डेनमार्क र उरुग्वेका राजदूतहरूले प्रमाणपत्र बुझाए।
- समारोहमा परराष्ट्रमन्त्री र अन्य उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त ५ देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयाजित छुट्टाछुट्टै समारोहमा केन्याका राजदूत मुनीयिरी पिटर, जोर्डनका राजदूत युसेफ अब्देलगनी, जिम्बाब्वेका राजदूत स्टेला एन्कोमो वाहागन, डेनमार्कका राजदूत रस्मुस आबिलगार्ड र उरुग्वेका राजदूत अल्बर्टो ए. गुआनीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । सबै गैरआवासीय राजदूत भएको बताइएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण