गायक तथा सङ्गीतकार रसिकको मङ्गलबार अन्त्येष्टि गरिने
सोमबार, १९ जेठ २०८२, १७ : २३

काठमाडौँ । ७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएका गायक तथा सङ्गीतकार गणेश रसिकको मङ्गलबार अन्त्येष्टि हुने भएको छ ।
उनको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिनेछ । अन्त्येष्टि अघि उनको शव पशुपतिमै बिहान ९ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
रसिकका परिवारको इच्छा अनुसार उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपतिमा मात्र राखिन लागिएको सङ्गीतकार सङ्घका अध्यक्ष अष्ट लामाले बताए ।
अध्यक्ष लामाका अनुसार रसिककी छोरी सोमबार बेलायतबाट आएकी छन् । श्रद्धाञ्जली कार्यक्रममा रसिकको चर्चित गीत ‘यो नेपाली ठिटो...’ लाई विभिन्न कलाकारहरूबाट प्रस्तुत गर्दै श्रद्धाञ्जली दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकप लिग २ः नेपालसँग नेदरल्यान्डस ५ विकेटले पाराजित
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला