‘मिस एन्ड मिस्टर रोयल ग्लोबल क्विन नेपाल २०२५’मा छानिए ४ विजेता

काठमाडौँ । विवाहित र अविवाहित महिलाहरू बिचको सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ सम्पन्न भएको छ । आइतबार अबेर साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न प्रतियोगितामा एकसाथ ४ विजेता छानिएका हुन् ।
जसमा अविवाहित अर्थात् ‘मिस रोयल ग्लोबल क्विन नेपाल २०२५’ तर्फ दिपा क्षेत्री शीर्ष विजेता बनिन् भने मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् ।यस्तै विवाहित अर्थात् ‘मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’तर्फ सारिका बुढा शीर्ष विजेता बन्दा सिर्जना राई फर्स्ट रनरअप बनिन् ।
आयोजक शाह स्टुडियो एन्ड कम्पनी प्रा.ली.का अध्यक्ष मोनु शाहले ४ जानै विजेताहरूले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने जानकारी दिए ।
शाहका अनुसार मिस तर्फकी विजेता दिपा र मिसेस तर्फकी विजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फर्स्ट रनरअप मेरिता र मिसेस तर्फकी फर्स्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् ।
उनीहरू मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुई महिना भित्रमा पुगिसक्ने जानकारी गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकप लिग २ः नेपालसँग नेदरल्यान्डस ५ विकेटले पाराजित
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला