बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

बुधबार, २१ जेठ २०८२, ०३ : ५८
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • आज अन्तर्राष्ट्रिय दिवस निर्दोष बालबालिकामाथि अत्याचारविरुद्ध मनाइँदै छ। यो दिवस बालबालिकामाथि हुने हिंसाका विरुद्धमा केन्द्रित छ।
  • संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाएको छ र यस दिवसको उद्देश्य बालबालिकाहरूको पीडालाई सम्बोधन गर्नु हो।
  • विश्वभरका बालबालिकाहरू द्वन्द्व, हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन्। दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि लक्ष्य राखेको छ।

काठमाडौँ। आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपत्कालीन विशेष अधिवेशनमा इजरायलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।

यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ । 

आज पनि विश्वका कैयौँ बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६।२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहार विरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप