जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख

समाचार सारांश
- सभामुख देवराज घिमिरेले जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबैलाई एकजुट हुन आह्वान गरे।
- उनले जातीय विभेद कुनै वर्ग विशेषको नभई साझा समस्या भएको बताए, साथै समतामूलक राष्ट्र निर्माणमा जोड दिए।
- विसं २०६३ जेठ २१ गते नेपाललाई 'जातीय छुवाछूत मुक्त राष्ट्र' घोषणा गरिएको दिनको सम्झनामा यो दिवस मनाइन्छ।
काठमाडौँ। सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एक ढिक्का भई लाग्न अत्यावश्यक औँल्याए ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना उनले जातीय विभेद वा छुवाछूत कुनै वर्ग विशेषको मात्र समस्या नभई यो सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यताको नै साझा चुनौती भएको बताए । उनले सबैले आआफ्नो क्षेत्रबाट समानताको पक्षमा आवाज उठाउँदै समतामूलक समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउनु आजको आवश्यकता भएको उल्लेख गरे ।
विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।
उनले भनेका छन्, “नेपालको संविधानले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र र समतामूलक समाज निर्माणको आधार तय गरे व्यवहारमा अझै छुवाछूत, विभेद, बहिष्कार, हिंसा र अन्यायका रूप उन्मूलन हुन बाँकी छन् ।”
राष्ट्रिय दिवसले हामी सबैमा आत्म समीक्षा, सामाजिक उत्तरदायित्व र संवेदनशीलता बोध गराउँदै सामाजिक न्यायको पक्षमा अग्रसर रहन थप प्रेरणा प्रदान गरोस् भन्ने उनले कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा साँझ : कुमा सागर र ख्वप ब्यान्डले दुबईमा पहिलोपटक लाइभ कन्सर्ट दिँदै
-
आइफेल टावर भन्दा अग्लो पुलको उद्घाटन गर्दै भारतीय प्रम मोदी
-
नयाँ मिस नेपालको खोजी सुरु
-
लुम्बिनी प्रदेशमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण
-
पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री पाण्डे
-
१० बजे १० समाचार : माधवलाई धक्कादेखि संसद बन्धकसम्म