सिरहामा लागुऔषध सहित एक जना पक्राउ
बुधबार, २१ जेठ २०८२, २० : ००

सिरहा। सिरहाको लहान नगरपालिका वडा नम्बर ७ लहान बजारबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १९ का २२ वर्षीय नसरुल रहेका छन् ।
मंगलबार लागु औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले स ५ प ७४३ नम्बरको मोटरसाइकल र एक थान बोरामा लुकाई राखेको ‘ओनेरेक्स सिरप १०० एमएल’ बरामद गरेको हो।
लागुऔषध फेला पारेपछि मोटरसाइकल चालक भने फरार भएका थिए। पक्राउ परेका उनीमाथि अदालतबाट पाँच दिनकाे म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
-
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री
-
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो