सिरहामा लागुऔषध सहित एक जना पक्राउ
बुधबार, २१ जेठ २०८२, २० : ००
सिरहा। सिरहाको लहान नगरपालिका वडा नम्बर ७ लहान बजारबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १९ का २२ वर्षीय नसरुल रहेका छन् ।
मंगलबार लागु औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले स ५ प ७४३ नम्बरको मोटरसाइकल र एक थान बोरामा लुकाई राखेको ‘ओनेरेक्स सिरप १०० एमएल’ बरामद गरेको हो।
लागुऔषध फेला पारेपछि मोटरसाइकल चालक भने फरार भएका थिए। पक्राउ परेका उनीमाथि अदालतबाट पाँच दिनकाे म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण