बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

सहसचिव भट्टराई १० दिनपछि अख्तियारमा उपस्थित हुने गरी ‘तारेख’मा

सोमबार, १२ जेठ २०८२, १४ : ४०
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियारले १० दिनको ‘तारेख’ दिएको छ । उनलाई १० दिनपछि आउन भनेर तारेखमा राखिएको आयोगका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरे । तर, डीएफएल रिपोर्ट नआएको हुनाले उनलाई १० दिनपछि बोलाइएको ती अधिकृतले जानकारी दिए । 

भट्टराईको मोबाइल र ल्यापटप लगायतका डिजिटल उपकरण अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा परीक्षण गरिरहेको छ । भट्टराईसहित ४ जनाको मोबाइल परीक्षण भइरहेको भए पनि रिपोर्ट नआउँदा बयान लगायतका काम अघि बढेको छैन ।

पर्यटक भिसा लगाएर बिदेसिनेहरूसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । त्यसबारे अख्तियारले अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप