सहसचिव भट्टराई १० दिनपछि अख्तियारमा उपस्थित हुने गरी ‘तारेख’मा
काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियारले १० दिनको ‘तारेख’ दिएको छ । उनलाई १० दिनपछि आउन भनेर तारेखमा राखिएको आयोगका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरे । तर, डीएफएल रिपोर्ट नआएको हुनाले उनलाई १० दिनपछि बोलाइएको ती अधिकृतले जानकारी दिए ।
भट्टराईको मोबाइल र ल्यापटप लगायतका डिजिटल उपकरण अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा परीक्षण गरिरहेको छ । भट्टराईसहित ४ जनाको मोबाइल परीक्षण भइरहेको भए पनि रिपोर्ट नआउँदा बयान लगायतका काम अघि बढेको छैन ।
पर्यटक भिसा लगाएर बिदेसिनेहरूसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । त्यसबारे अख्तियारले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण