त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

समाचार सारांश
- शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा भएको तोडफोड र तालाबन्दीको घटनाप्रति ध्यानाकर्षण जनाएको छ।
- मन्त्रालयले विश्वविद्यालयमा भएको हिंसात्मक कार्यको निन्दा गर्दै घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।
- शिक्षामन्त्रीले घटनाबारे अनुसन्धान गरी कानुनी कारबाहीका लागि गृह प्रशासनसँग परामर्श गरिरहेको बताइएको छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा भएको तोडफोड तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्थामा हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्याउने कुनै पनि कार्य निन्दनीय र भर्त्सनायोग्य रहेको जनाए ।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट शिक्षामन्त्री रघुजी पन्तले घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ।
घटनाबारे अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गरिरहेको सापकोटाले बताए । जेठ १४ गते उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरिएको थियो ।
त्यसका साथै विद्यार्थी सङ्गठनहरूले उपकुलपतिसहित रेक्टर र रजिस्ट्रारको कार्यालयमा समेत तालाबन्दी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’