इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
सारांश
- इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको जहाज रोकेको एफएफसीले जनाएको छ। मेडेलिन नामक जहाजसँग सम्पर्क टुटेको बताइएको छ।
- एफएफसीले लाइफ ज्याकेट लगाएका मानिसहरूको तस्बिर साझा गरेको छ, यद्यपि यो कुरा स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन। ग्रेटा थनबर्ग पनि जहाजमा थिइन्।
- इजरायलको विदेश मन्त्रालयले जहाजका यात्रुहरू सुरक्षित रहेको जनाएको छ र उनीहरूलाई खाना र पानी दिइएको छ। इजरायलले गाजामा नाकाबन्दी आवश्यक रहेको बताउँदै आएको छ।
गाजापट्टी । इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको आफ्नो जहाज (योट) रोकेको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) नामक संस्थाका कार्यकर्ताहरूले बताएका छन् । मेडेलिन नामक जहाजसँग आफ्नो सम्पर्क टुटेको उनीहरूले बताएको भन्दै एफएफसीले टेलिग्राममा भनेको छ ।
एफएफसीले एउटा तस्बिर पनि साझा गरेको छ,जसमा केही मानिसहरू लाइफ ज्याकेट लगाएर हात उठाएर बसिरहेका छन् । यो कुरा अहिलेसम्म कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । अन्तर्राष्ट्रिय वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग पनि यस जहाजमा थिइन् ।
यो इजिप्टको तट नजिकै भएको विश्वास गरिन्छ । यसैबिच, इजरायलको विदेश मन्त्रालयले एक्समा एक भिडियो जारी गर्दै यस जहाजका यात्रुहरू सुरक्षित रहेको जानकारी दिएको छ ।
सेल्फी योटमा रहेका सबै मानिसहरू सुरक्षित छन् र उनीहरूलाई कुनै हानी भएको छैन । उनीहरूलाई स्यान्डविच र पिउने पानी खान दिइएको बताइएको छ । उनीहरूको नौसेनाले जहाजलाई प्रतिबन्धित क्षेत्रतर्फ जाँदैछ भनेर चेतावनी दिएको यसअघि,इजरायली विदेश मन्त्रालयले भनेको थियो । हमाससम्म हतियार पुग्न नदिन गाजामा नाकाबन्दी आवश्यक रहेको इजरायलले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण