इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज

समाचार सारांश
- इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको जहाज रोकेको एफएफसीले जनाएको छ। मेडेलिन नामक जहाजसँग सम्पर्क टुटेको बताइएको छ।
- एफएफसीले लाइफ ज्याकेट लगाएका मानिसहरूको तस्बिर साझा गरेको छ, यद्यपि यो कुरा स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन। ग्रेटा थनबर्ग पनि जहाजमा थिइन्।
- इजरायलको विदेश मन्त्रालयले जहाजका यात्रुहरू सुरक्षित रहेको जनाएको छ र उनीहरूलाई खाना र पानी दिइएको छ। इजरायलले गाजामा नाकाबन्दी आवश्यक रहेको बताउँदै आएको छ।
गाजापट्टी । इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको आफ्नो जहाज (योट) रोकेको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) नामक संस्थाका कार्यकर्ताहरूले बताएका छन् । मेडेलिन नामक जहाजसँग आफ्नो सम्पर्क टुटेको उनीहरूले बताएको भन्दै एफएफसीले टेलिग्राममा भनेको छ ।
एफएफसीले एउटा तस्बिर पनि साझा गरेको छ,जसमा केही मानिसहरू लाइफ ज्याकेट लगाएर हात उठाएर बसिरहेका छन् । यो कुरा अहिलेसम्म कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । अन्तर्राष्ट्रिय वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग पनि यस जहाजमा थिइन् ।
यो इजिप्टको तट नजिकै भएको विश्वास गरिन्छ । यसैबिच, इजरायलको विदेश मन्त्रालयले एक्समा एक भिडियो जारी गर्दै यस जहाजका यात्रुहरू सुरक्षित रहेको जानकारी दिएको छ ।
सेल्फी योटमा रहेका सबै मानिसहरू सुरक्षित छन् र उनीहरूलाई कुनै हानी भएको छैन । उनीहरूलाई स्यान्डविच र पिउने पानी खान दिइएको बताइएको छ । उनीहरूको नौसेनाले जहाजलाई प्रतिबन्धित क्षेत्रतर्फ जाँदैछ भनेर चेतावनी दिएको यसअघि,इजरायली विदेश मन्त्रालयले भनेको थियो । हमाससम्म हतियार पुग्न नदिन गाजामा नाकाबन्दी आवश्यक रहेको इजरायलले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा