शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सदन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहीबार, २२ जेठ २०८२, ०७ : ०९
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ, जसमा प्रतिनिधिसभा दिउँसो १ बजे र राष्ट्रियसभा सवा १ बजे बस्नेछन्।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको प्रस्ताव पेश गर्नेछन् भने राज्य व्यवस्था समितिको प्रतिवेदन पेश हुनेछ।
  • विपक्षी दलले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै संसद अवरोध गर्ने सम्भावना रहेको छ।

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । 

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्न पाउनेमा आशङ्का भने कायमै छ । 

pp

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

rr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप