बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ
बिहीबार, २२ जेठ २०८२, १० : ४०

काठमाडौँ । बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शमशेर गहतराज छन् । उनले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ ।
उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
गहतराजविरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।
बुधवार साँझ पक्राउ परेका आरोपीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?