बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ
बिहीबार, २२ जेठ २०८२, १० : ४०
काठमाडौँ । बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शमशेर गहतराज छन् । उनले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ ।
उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
गहतराजविरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।
बुधवार साँझ पक्राउ परेका आरोपीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण