शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

मुख्यमन्त्री सिंहसँग एडीबी टोलीको भेट

बिहीबार, २२ जेठ २०८२, २१ : ३०
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • मधेस प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पीएफएम) मूल्याङ्कन अन्तिम चरणमा पुगेको जनाएको छ । यो मूल्याङ्कन एसियाली विकास बैंकको प्राविधिक सहयोगमा भइरहेको छ ।
  • एडीबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्रीसँग भेट गरी मूल्याङ्कनको प्रगतिबारे जानकारी गराएका थिए। छलफलमा आगामी कार्ययोजनाबारे पनि कुरा भयो ।
  • प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्य लिएको छ। गण्डकी प्रदेशले यसअघि नै पिएफएम मूल्याङ्कन पूरा गरिसकेको छ।

जनकपुर । मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पीएफएम) मूल्याङ्कन अन्तिम चरणमा पुगेको जनाएको छ । यो मूल्याङ्कन एशियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्याङ्कन विधिबाट अगाडि बढाइएको हो । 

आज जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा एडिबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटगरी मूल्याङ्कनको प्रगतिबारे जानकारी गराएको हो । एडीबी निर्देशक श्रीनिवासन जनार्दनको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्याङ्कन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनप्रसाद साह, साथै एडीबीका वरिष्ठ अधिकृत जुलीका र कृष्ण पाठकको उपस्थिति थियो ।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्याङ्कन अघि बढाएको हो ।

नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्याङ्कन पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको एडिबी प्रतिनिधिमण्डलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप