हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अस्थायी रोक
शुक्रबार, २३ जेठ २०८२, १६ : ०४
सारांश
- अमेरिकी न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाए।
- न्यायाधीशले प्रतिबन्ध लागू भए हार्वर्डलाई ठूलो क्षति हुने बताए, हार्वर्डले ट्रम्प प्रशासनले जानाजानी लक्षित गरेको आरोप लगाएको छ।
- ट्रम्पले प्रतिबन्ध देशको सुरक्षाका लागि आवश्यक रहेको र हार्वर्डले यहुदी विरोधी गतिविधि रोक्न काम नगरेको आरोप लगाए।
वासिङ्टन डीसी । अमेरिकाका सङ्घीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाएका छन् ।
यो प्रतिबन्ध लागू भयो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल र ठुलो क्षति भोग्न सक्ने म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोले भने ।
हार्वर्डले बिहीबार अदालतमा दायर गरेको मुद्दामा यो निर्णय आएको हो । डोनाल्ड ट्रम्पको प्रशासनले जानाजानी आफूहरूलाई लक्षित गरिरहेको र आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप हार्वर्डले लगाएको थियो ।
तर ट्रम्पले यो प्रतिबन्ध देशको सुरक्षाको लागि आवश्यक रहेको बताएका छन् । उनले हार्वर्डलाई क्याम्पसभित्र यहुदी विरोधी गतिविधिहरू रोक्न पर्याप्त काम नगरेको पनि आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण