नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
शुक्रबार, २३ जेठ २०८२, २० : ४३
सारांश
- वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले पुष्प ओलीलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो।
- सुबोध शेर्पालीले नदोहोरिने बताएपछि ओली अध्यक्षमा आएका हुन्, अन्य पदमा सहमति जुट्न सकेन।
- पदाधिकारी र केन्द्रीय समिति संख्या बढाएर विधान संशोधन गरियो, जसमा ७१ पदाधिकारी र ३७१ सदस्यीय समिति बनाइयो।
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।
यसैबिच अध्यक्षमा सहमति जुटेपनि अन्य पदमा वाईसीएल नेताहरूबिच सहमति जुट्न नसकेपछि विधान संशोधन गरिएको छ । संशोधन गरिएको नयाँ विधानमा ७१ जना पदाधिकारी र ३७१ केन्द्रीय समिति रहेको छ । यसअघि विधानमा ३१ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो ।
अन्य पदमा आकाङ्क्षीबिच सहमति नहुँदा विधान संशोधन गरेर समस्याको हला खोजिएको वाईसीएलका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण