नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
शुक्रबार, २३ जेठ २०८२, २० : ४३
_3rRJ5EFU0F.jpg)
समाचार सारांश
- वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले पुष्प ओलीलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो।
- सुबोध शेर्पालीले नदोहोरिने बताएपछि ओली अध्यक्षमा आएका हुन्, अन्य पदमा सहमति जुट्न सकेन।
- पदाधिकारी र केन्द्रीय समिति संख्या बढाएर विधान संशोधन गरियो, जसमा ७१ पदाधिकारी र ३७१ सदस्यीय समिति बनाइयो।
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।
यसैबिच अध्यक्षमा सहमति जुटेपनि अन्य पदमा वाईसीएल नेताहरूबिच सहमति जुट्न नसकेपछि विधान संशोधन गरिएको छ । संशोधन गरिएको नयाँ विधानमा ७१ जना पदाधिकारी र ३७१ केन्द्रीय समिति रहेको छ । यसअघि विधानमा ३१ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो ।
अन्य पदमा आकाङ्क्षीबिच सहमति नहुँदा विधान संशोधन गरेर समस्याको हला खोजिएको वाईसीएलका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)