नेपाल हेरिटेज रन सम्पन्न
काठमाडौँ । रन नेपाल र एथ्लेटिक्स परिवारको आयोजनामा आज राजधानीमा पहिलो संस्करणको नेपाल हेरिटेज रन सम्पन्न भएको छ । काठमाडौँ र ललितपुरका सम्पदाहरू जोडनेगरी नेपाल हेरिटेज रन आयोजना गरिएको हो ।
पुरुष तर्फ २५ किलोमिटर म्याराथनमा केन्याका धावक जुलियस मुइरुकीले एक घण्टा १६ मिनेटमा तय गर्दै प्रथम भएका छन् भने महिला तर्फ सन्तोषी श्रेष्ठले एक घण्टा ३१ मिनेटमा तय गर्दै प्रथम भएकी छन् ।
नेपाल हेरिटेज रन विश्व सम्पदा सूचीमा परेका नेपाली सम्पदाको महत्त्व बुझाउन, संरक्षण तथा प्रबद्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको एथ्लेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले बताए ।
विश्व सम्पदा सूचीमा परेका सम्पदाहरू जोड़नेगरी २५ किमी दूरीको दौड़को रुट तयार गरिएमा जसमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई थापाथली, पुलचोक, पाटन दरबार स्क्वायर, ग्वार्को, एयरपोर्ट गेट, गौशाला, कमलपोखरी, दरबारमार्ग, लैनचौर, स्वयम्भु, परोपकार, वसन्तपुर, न्युरोड, रत्नपार्क, भद्रकाली, सुनधारा, दशरथ रङ्गशाला पुगेर २५ किमी दौड पुरा गरिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण