नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको बताए।
- उनले नेपालमा खेल पर्यटनको सम्भावना रहेको र एम्सजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको प्रोत्साहन आवश्यक रहेको बताए।
- राष्ट्रपतिले खेलकुदको विकास र निजी क्षेत्रको आकर्षणबारे पनि चर्चा गरे, साथै नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेसको प्रशंसा गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता सङ्गठनहरूले प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, उनले भने ।
उनले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठुलो महत्त्व रहेको बताए । “त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।
नेपालले पनि खेलकुदको विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा वर्षेनी लगानी बढाइरहेको बताउँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदमा आकर्षण बढ्दै गएको उल्लेख गरे ।
उनले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनौट गरेकोमा धन्यवाद दिए। साथै, खेलकुद र पर्यटनलाई जोड्ने गरी नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस शुभारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपतिले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण