माओवादीलाई निधिको आग्रह : भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनुस्
सारांश
- कांग्रेस सांसद विमलेन्द्र निधिले माओवादी केन्द्रलाई संसदीय नियमअनुसार संसद चलाउन दिन आग्रह गरे।
- निधिले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको बेला राजीनामा माग्नु र संसद अवरुद्ध गर्नु उचित नभएको बताए।
- उनले राजा फर्काउने कुरा निरर्थक रहेको र राजतन्त्र नेपालमा नचाहिने कुरा स्पष्ट पारे।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै निधिले माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने कुरा निर्भर रहेको बताएका हुन् ।
संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन आग्रह गरे । सांसद निधिले भने, ‘संसद् अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने रहेको छ । संसद्लाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म माओवादीसँग आग्रह गर्न चाहन्छु ।’
उनले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताए । उनले भने– ‘यहाँ छानबिन हुँदैछ । अख्तियारले छानबिन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा । रास्वपाका नेताको जस्तो विषय होइन यो । रास्वपाको नेतालाई त छानबिन गर्दै गर्दा अनुसन्धान गर्दै गर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईँमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईँको यसमा लागू हुँदैन । तर्क नै छैन ।’
उनले भने- ‘छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा होइन । माओवादी नेताहरूलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहिँ लचक हो थाहा छैन । अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईँहरू आइसक्नुभएको छ । संसदीय प्रणाली अनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’
उनले राजा फर्काउने कुरा निरर्थक रहेको बताए । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिए पनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिएको उनको भनाई थियो । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण