नेयमारलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ । ब्राजिलियन सुपरस्टार नेयमार जुनियरलाई फेरि एक पटक मैदान बाहिर बस्नुपर्ने भएको छ । ब्राजिलियन क्लब सान्तोसले उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
अल–हिलाल क्लबबाट सान्तोस फर्किएपछि नेयमारले दुर्भाग्यपूर्ण अवस्थाको सामना गर्दै आएका छन्। चोटपटक र फिटनेस समस्याका कारण उनले पछिल्ला दुई वर्षको धेरैजसो समय मैदान बाहिर बिताएका छन्। जनवरी २०२४ मा बाल्यकालको क्लब सान्तोसमा फर्किएपछि पनि उनले केवल १२ खेल मात्र खेलेका छन् ।
सान्तोसले हालै जारी गरेको विज्ञप्तिमा नेयमारलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ। क्लबले जनाएको अनुसार, उनले जुन ५ (बिहीबार) देखि लक्षण देखाउन थालेका थिए । त्यसपछि गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
सान्तोसको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नेयमार जुनियर त्यस दिनदेखि नै अन्य गतिविधिबाट टाढा थिए । हाल उनी घरमै आराम गरिरहेका छन् र चिकित्सकको सल्लाहअनुसार लक्षणअनुसारको उपचार गराइरहेका छन् ।’
सान्तोसले पनि पुष्टि गरेको छ कि यस संक्रमणका कारण नेयमारले कुनै खेल गुमाउने छैनन्, किनभने उनी पहिले नै फोर्टालेजाविरुद्धको खेलका लागि प्रतिबन्धित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण