आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

नेयमारलाई कोरोना संक्रमण पुष्टि

आइतबार, २५ जेठ २०८२, १६ : ११
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । ब्राजिलियन सुपरस्टार नेयमार जुनियरलाई फेरि एक पटक मैदान बाहिर बस्नुपर्ने भएको छ । ब्राजिलियन क्लब सान्तोसले उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

अल–हिलाल क्लबबाट सान्तोस फर्किएपछि नेयमारले दुर्भाग्यपूर्ण अवस्थाको सामना गर्दै आएका छन्। चोटपटक र फिटनेस समस्याका कारण उनले पछिल्ला दुई वर्षको धेरैजसो समय मैदान बाहिर बिताएका छन्। जनवरी २०२४ मा बाल्यकालको क्लब सान्तोसमा फर्किएपछि पनि उनले केवल १२ खेल मात्र खेलेका छन् ।

सान्तोसले हालै जारी गरेको विज्ञप्तिमा नेयमारलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ। क्लबले जनाएको अनुसार, उनले जुन ५ (बिहीबार) देखि लक्षण देखाउन थालेका थिए । त्यसपछि गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

सान्तोसको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नेयमार जुनियर त्यस दिनदेखि नै अन्य गतिविधिबाट टाढा थिए । हाल उनी घरमै आराम गरिरहेका छन् र चिकित्सकको सल्लाहअनुसार लक्षणअनुसारको उपचार गराइरहेका छन् ।’

सान्तोसले पनि पुष्टि गरेको छ कि यस संक्रमणका कारण नेयमारले कुनै खेल गुमाउने छैनन्, किनभने उनी पहिले नै फोर्टालेजाविरुद्धको खेलका लागि प्रतिबन्धित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप