जतिसुकै धूप बाले पनि सरकारको रौँ पनि हल्लिँदैन : शेरबहादुर तामाङ
काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले कांग्रेस–एमालेको वर्तमान सरकार कसैले बिग्रियोस् वा भत्कियोस् भनेर जतिसुकै धूप बाले पनि सरकारको रौँ पनि नहल्लिने दाबी गरेका छन् । यो सरकारलाई एक वर्ष अघिदेखि नै ढल्यो भनिए पनि यो ०८४ सम्म जाने तामाङले दाबी गरेका हुन् ।
आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले गृहमन्त्री रमेश लेखकले दिएको स्टेटमेन्ट हेर्दा र अहिलेसम्मको स्थिति हेर्दा भिजिट भिसा प्रकरणमा प्रत्यक्ष संलग्न भएको ठाउँ नदेखिएको दाबी गरे ।
उनले भने, ‘त्यही भएर राजीनामा नदिए पनि हुन्छ भन्ने हाम्रो दलको कुरा हो । राजीनामा दिनै पर्छ भन्ने कुरा पनि नैतिकता हुँदैन । प्रश्न उठेको विषय नैतिकताको कुरा व्यक्तिमा भरपर्छ । अहिले आएर राजीनामा दिँदा पनि नैतिकता हुँदैन ।’
उनले एमालेमा कुनै गुट नरहेको जिकिर गरे । उनले भने, ‘नेताहरूको नाम जोडेर गुटबन्दी छैन । ११औँ महाधिवेशन गुटरहित ढङ्गले सम्पन्न गर्छौँ ।’
उनले जुनसुकै भ्रष्टाचारको मुद्दामा सरकारले अदालतको कठघरासम्म पुर्याउने बताए । उनले भने,‘प्राप्त प्रमाणको आधारमा महान्यायाधिवक्ताले व्याख्या गर्ने हो । जुनसुकै खालको भ्रष्टाचारको मुद्दा भए पनि त्यसलाई अदालतको ढोकासम्म पुर्याउने काम सरकारले गर्छ ।
अख्तियारले आफ्नो तहबाट छानबिन गरेको छ । उसले अदालतको कठघरामा पुर्याएको छ । अख्तियारलाई धन्यवाद भन्नुपर्ने हुन्छ । ठुला मुद्दाहरूमा आँटका साथ मुद्दाहरू अदालतमा पुर्याएको छ । अख्तियारले उठेको प्रश्नको उत्तर अदालतसम्म पुर्याउने हो । त्यसको जाँच अदालतले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण