सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन २०२५’

आइतबार, २५ जेठ २०८२, २२ : २६
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • वीरगञ्जमा सम्पन्न 'माइलेज च्याम्पियन २०२५' मा प्रिन्स पटेलले ९२ किलोमिटर माइलेजसहित प्रथम स्थान हासिल गरे।
  • हिराल मुखिया ८७ किलोमिटर माइलेजका साथ उपविजेता बने भने संजित कुमार गुप्ता ७२ किलोमिटर माइलेजका साथ दोस्रो उपविजेता बने।
  • रिशव इम्पेक्सद्वारा आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीको सहभागिता रह्यो, जसमा ४०० भन्दा बढी दर्शकको उपस्थिति थियो।

र्सा । ‘माइलेज च्याम्पियन २०२५’ वीरगन्जको भैरहरवा भाटीमा शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रिन्स पटेल विजेता बने । पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।

रिशव इम्पेक्सद्वारा कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।
उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप