प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन २०२५’
आइतबार, २५ जेठ २०८२, २२ : २६
सारांश
- वीरगञ्जमा सम्पन्न 'माइलेज च्याम्पियन २०२५' मा प्रिन्स पटेलले ९२ किलोमिटर माइलेजसहित प्रथम स्थान हासिल गरे।
- हिराल मुखिया ८७ किलोमिटर माइलेजका साथ उपविजेता बने भने संजित कुमार गुप्ता ७२ किलोमिटर माइलेजका साथ दोस्रो उपविजेता बने।
- रिशव इम्पेक्सद्वारा आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीको सहभागिता रह्यो, जसमा ४०० भन्दा बढी दर्शकको उपस्थिति थियो।
र्सा । ‘माइलेज च्याम्पियन २०२५’ वीरगन्जको भैरहरवा भाटीमा शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रिन्स पटेल विजेता बने । पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।
रिशव इम्पेक्सद्वारा कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।
उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण