फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक

समाचार सारांश
- आगामी असोज ३ गते रिलिज हुने फिल्म 'सोल्टिनी' को पहिलो गीत 'सत्य जुगैको' सार्वजनिक गरियो।
- गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर, प्रकाश सपुत र परीक्षा लिम्बुको अभिनय रहेको छ।
- भोजपुर, इलाम, बिब्ल्याँटे लगायतका स्थानमा छायांकन गरिएको फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्।
काठमाडौँ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । पूर्वेली मारुनी भाकामा तयार गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । गीतको सङ्गीत तथा शब्द प्रशान्त शिवाकोटीले नै तयार गरेका हुन् ।
भोजपुरमा छायाङ्कन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङको नृत्य देख्न सकिन्छ । फिल्मका निर्देशक अर्जुन सुवेदी हुन् ।
गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । करिब ७÷८ वर्षपछि नेपाली फिल्ममा मारुनी गीत समावेश भएको निर्देशक सुवेदीले बताए ।
इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ । फिल्ममा प्रकाश र परीक्षाको अलवा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ । प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू
-
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
-
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलद्वारा उठेर विरोध
-
युक्रेनमा रुसको सबैभन्दा ठूलो आक्रमण, रातारात ४७९ ड्रोन प्रहार
-
बीएमडब्लूको इलेक्ट्रिक कार नेपाली बजारमा, मूल्य कति ?
-
अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड