सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीएमडब्लूको इलेक्ट्रिक कार नेपाली बजारमा, मूल्य कति ?

सोमबार, २६ जेठ २०८२, १५ : २९
सोमबार, २६ जेठ २०८२

काठमाडौँ । नेपालमा बीएमडब्लू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्सटू एसएभी (स्पोट्र्स एक्टिभिटी भेहिकल) ल्याएको छ । यसको मूल्य एक करोड ७९ लाख ९६ हजार रूपैयाँ रहेको छ ।

आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यो मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यो गाडीले अधिकतम १५० किलोवाट/२०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म रहेको छ ।

कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

08-bmw electric (8)09-bmw electric (9)10-bmw electric (10)11-bmw electric (11)12-bmw electric (12)

01-bmw electric (1)02-bmw electric (2)03-bmw electric (3)04-bmw electric (4)05-bmw electric (5)06-bmw electric (6)07-bmw electric (7)

तस्बिर : नेपाल फोटो लाइब्रेरी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप