ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले अफ्रिकी र मध्यपूर्वका १२ देशका नागरिकहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।
- यो प्रतिबन्ध लस एन्जलसमा आप्रवासन नीतिको विरोधका क्रममा हिंसा भड्किएकै बेला लागू भएको हो।
- प्रतिबन्ध लगाइएका देशका नागरिकलाई पर्यटक, विद्यार्थी, कार्य वा आप्रवासी भिसा दिइने छैन।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी र मध्यपूर्वका १२ देशका नागरिकमाथि अमेरिका आउन लगाएको प्रतिबन्ध सोमबारदेखि लागू भएको छ । ट्रम्प प्रशासनको आप्रवासन नीतिको विरोध भइरहेको छ अनि यही विषयमा लस एन्जलसमा हिंसा भड्किएको समयमा यो प्रतिबन्ध लागू भएको छ ।
यात्रा प्रतिबन्ध लगाइएका १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । यति मात्रै होइन । अमेरिका बाहिर रहेका अनि मान्य भिसा नभएका बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमाथि भिसा प्रतिबन्धहरू कडा पारिएको छ ।
प्रतिबन्ध लागू हुनुभन्दा पहिले नै अमेरिकी भिसा जारी भइसकेकाहरूमा यो प्रतिबन्ध लागू हुनेछैन । यस सम्बन्धमा सबै अमेरिकी दूतावासहरूलाई निर्देशिका जारी गरिएको छ ।
अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएका देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न निषेध गरिनेछ र पर्यटक भिसा, विद्यार्थी भिसा, कार्य भिसा र आप्रवासी भिसा दिइने छैन । आंशिक प्रतिबन्ध अन्तर्गत, ती देशका नागरिकहरूलाई निश्चित प्रकारका भिसाहरू मात्र प्राप्त गर्न प्रतिबन्ध लगाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण