हमासका नेता मोहमद सिनावरको शव पहिचान
सारांश
- इजरायली सेनाले हमासका गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला पारेको र पहिचान गरेको दाबी गरेको छ।
- शव खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा फेला परेको थियो, डीएनए परीक्षणबाट पहिचान गरिएको बताइएको छ।
- हमासले सिनवारको मृत्युको पुष्टि गरेको छैन, तर आईडीएफले रफाह ब्रिगेडका कमान्डर सबानेहको शव पनि फेला पारेको जनाएको छ।
तेल अभिभ । हमासको गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला पारेको र पहिचान गरेको इजरायली सेनाले बताएको छ । सिनवारको शव गाजाको दक्षिणमा रहेको खान युनिसमा रहेको युरोपेली अस्पताल मुनिको सुरुङमा फेला परेको आइतबार इजरायली रक्षा बल (आईडीएफ)ले बताएको हो ।
डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताइएको छ । तर, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार मे १३ मा भएको हवाई आक्रमणमा ४९ वर्षीय सिनवारको मृत्यु भएको थियो ।
यस आक्रमणमा परेर २८ जनाको मृत्यु भएको थियो । अन्य कयौँ घाइते भएका थिए । हमासको रफाह ब्रिगेडका कमान्डर मोहम्मद सबानेहको शव पनि सिनवारको शव नजिकै फेला परेको आईडीएफले बताएको छ ।
‘सिनवार र सबानेहसँग सम्बन्धित धेरै वस्तुहरू फेला परेको र साथै केही अन्य गुप्तचर जानकारीहरू पनि फेला पारिएको अझ अगाडि आईडीएफले भनेको छ । यी सबैलाई थप अनुसन्धानको लागि पठाइएको भनिएको छ ।
आक्रमण स्थलमा अन्य शवहरू पनि फेला परेका छन् । जसको पहिचान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण