सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

भारतको छत्तीसगढमा बारुदी सुरुङमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

सोमबार, २६ जेठ २०८२, १६ : १६
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • छत्तीसगढमा आइइडी विस्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु, केही सुरक्षाकर्मी घाइते।
  • सुकमा जिल्लाको कोन्टा–एराबोर सडकमा विस्फोट, घाइतेहरुलाई स्वास्थ्य केन्द्रमा लगियो।
  • नक्सलवादी विरुद्धको खोजी कार्य सुरु, सरकारले २०२६ सम्म नक्सलवादी उन्मूलन गर्ने लक्ष्य लिएको छ।

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विस्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणमा उनीसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ४११ किलोमिटर दक्षिणमा पर्ने सुकमा जिल्लाको डोन्द्रा गाउँको कोन्टा–एराबोर सडकमा विस्फोट भएको हो । घाइतेहरूलाई तुरुन्तै कोन्टाको सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

अधिकारीहरूले उक्त क्षेत्रमा थप फौज तैनाथ गरेका छन् र आक्रमणमा संलग्न रहेको आशङ्का गरिएका नक्सलवादीहरूको खोजी कार्य सुरु गरेका छन्। भारतको सङ्घीय सरकारले सन्  २०२६ मार्च ३१ अगावै नक्सलवादीहरूको उन्मूलन गर्ने सङ्कल्पसहित विद्रोही विरूद्धको आक्रमणलाई सशक्त पारेको छ । हाल भारतको मध्य र पूर्वी क्षेत्रमा नक्सलवादीहरू सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप