बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ

मङ्गलबार, २७ जेठ २०८२, १२ : २३
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना हुने ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१ घर भएका राम बहादुर विष्ट छन् । ३९ वर्षीय विष्ट विरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

सोमबार काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप