बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलायो

मङ्गलबार, २७ जेठ २०८२, १६ : १४
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएको छ । 

गोली प्रहार गरेर दुई जना कारोबारीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

ब्राउन सुगर सहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको एसएसपी कोइरालाले बताए । उनले भने, ‘आरोपीहरूको बायाँ खुट्टामा गोली लागेको छ ।’

प्रहरीले प्रहार गरेको ३ राउण्ड गोली कारोबारीलाई लागेको छ । प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएको एसएसपी कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप