टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलायो
मङ्गलबार, २७ जेठ २०८२, १६ : १४
काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएको छ ।
गोली प्रहार गरेर दुई जना कारोबारीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
ब्राउन सुगर सहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको एसएसपी कोइरालाले बताए । उनले भने, ‘आरोपीहरूको बायाँ खुट्टामा गोली लागेको छ ।’
प्रहरीले प्रहार गरेको ३ राउण्ड गोली कारोबारीलाई लागेको छ । प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएको एसएसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण