भिडियो निर्देशक लुइँटेललाई बुक अफ वर्ल्ड रेकर्डले गर्यो सम्मान
सारांश
- निर्देशक राजेन्द्र लुइँटेललाई युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डले सम्मान गरेको छ, जसले सर्वाधिक उचाइमा म्युजिक भिडियो छायाङ्कन गरेका थिए।
- काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष र अन्य विशिष्ट व्यक्तिहरूले उनलाई सम्मान प्रदान गरे।
- लुइँटेलले यसअघि जिनियस म्यूजिक अवार्ड, हिमालयन ईन्टरनेशनल अवार्ड र दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड जस्ता पुरस्कारहरू जितिसकेका छन्।
काठमाडौँ । सर्वाधिक उचाइमा म्युजिक भिडियो छायाङ्कन गरेर ‘गिनिज वर्ल्ड रेकर्डस’मा लेखाएका निर्देशक राजेन्द्र लुइँटेल (राज)लाई भारतको प्रतिष्ठित संस्था युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डले सम्मान गरेको छ ।
काठमाडौँमा आयोजित एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहाल, सांसद सन्तोष चालिसे, अब्दुल खान र संस्थाकी प्रमुख एवं द अब्रेल्स टाईम्सकी चिफ ईडिटर डा.शिखा नरुला लगायतले उनलाई उक्त सम्मान प्रदान गरे ।
‘जिनियस म्यूजिक अवार्ड’, ‘हिमालयन ईन्टरनेशनल अवार्ड’, नवौँ नेशनल क्यापिटल अवार्डमा समेत उत्कृष्ट भिडियो निर्देशकको अवार्ड प्राप्त गरेका उनले भारतको मुम्बईमा दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड पनि प्राप्त गरेका थिए ।
कार्यक्रम व्यवस्थापन संघ नेपालका उपाध्यक्षसमेत रहेका उनी लामो समयदेखि लामो समयदेखि म्युजिक भिडियो निर्माण निर्देशनमा सक्रिय छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण