सत्तामा बसेर लुटिरहने कांग्रेस र एमालेले लिखित प्रतिबद्धता जनाए सदन खुल्छ : मनिष झा

समाचार सारांश
- रास्वपाका प्रवक्ता मनिष झाले पाँच बुँदे प्रस्तावमा सहमति नभएसम्म सदन अवरुद्ध गर्ने बताए।
- भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भए मात्र सदन खुल्ने उनको भनाइ छ।
- उनले सत्ता पक्षले लुटतन्त्र मच्चाउन आएको हो भने लिखित दिनुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले पाँच बुँदे प्रस्ताव मान्न सत्ता पक्ष तयार नभएसम्म सदनको अवरोध जारी राख्ने बताएका छन् ।
विपक्षी दलहरूसँग छलफलअघि रातोपाटीसँग कुराकानी गर्दै झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए मात्र सदन खुलाउन सकिने बताएका हुन् । नभए लुटतन्त्र मच्चाउनकै लागि सत्तामा आएको लिखित जानकारी दिए अवरोध हटाइदिने उनको भनाइ छ ।
‘हामीले सहमतिका लागि पाँच बुँदे प्रस्ताव सक्षापक्षलाई बुझाएका छौँ । अहिलेसम्म कुनै जवाफ आएको छैन । भिजिट भिसा प्रकरणमा अहिलेसम्म भएका काण्डबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन सत्तापक्ष तयार हुनुपर्यो ।
नत्र भने सदन खुलाउन अर्को विकल्प पनि छ । त्यो हामी सत्तामा लुट्न आएको हो । लुटिरहन्छौँ भनेर सत्ता पक्षले लिखित रूपमा दिएमा तत्कालै सदनको अवरोध हटाउँछौँ । हैन भने जनतालाई ठग्न त पाइएन नि’, उनले भने ।
झाले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एकमात्र रहेको जानकारी दिए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको फरक प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नभएको भन्दै उनले कांग्रेससँग जे कुरा भएको त्यसलाई जस्ताको तस्तै जनतासामु प्रस्तुत गरेको जिकिर गरे ।
सदनको अवरोधको विषयमा अहिले सत्तापक्ष र विपक्षी दलहरूसँग छलफल भइरहेको झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना