एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बोलाउन माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य ई.नन्दलाल बन्जाडेले पोलिटब्युरो बैठक बोलाउन माग गरेका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पार्टीले चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न तत्काल पोलिटब्युरो बैठक बोलाउन उनले माग गरेका हुन् ।
‘यो गम्भीर परिस्थितिमा हाम्रो पार्टीले चाल्नुपर्ने कदम र लिनुपर्ने राजनीतिक निर्णयका लागि तत्काल हाम्रो पार्टीको पोलिटब्युरोको बैठक राख्न पहल गरौँ भन्ने आह्वान गर्दछु’, बन्जाडेले पार्टीका नेताहरूलाई एसएमएस गर्दै बैठकका लागि पहल गर्न माग गरेका हुन् ।
आयोगले १२ वर्ष अगाडि आफैले तामेलीमा राखेको पतञ्जली जग्गा खरिद प्रकरणको मुद्धालाई उधिनेर पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अध्यक्ष नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि पार्टीको कुनै पनि कमिटीको बैठक बस्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण