शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

अभिनेत्री दीयाले गरिन् ‘माउन्ट एल्ब्रस’को सफल आरोहण

बुधबार, २८ जेठ २०८२, १६ : ३५
बुधबार, २८ जेठ २०८२

काठमाडाैँ । अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ आरोहण गरेकी छन् । ५ हजार ६ सय ४२ मिटर उचाइको हिमाल उनले मंगलबार बिहान आरोहण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । 

यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल आरोहण गरेकी उनले ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियान  लिएकी छन् । 

अबको उनको अभियान उत्तर अमेरिकाको अग्लो अलास्कास्थित डिनाली, अन्टार्कटिकाको अग्लो भिन्सोन मासिफ र इन्डोनेसियास्थित पञ्जय जय रहेको छ । जसको तयारीमा उनी जुटिसकेकी छन् ।

पेसाले नर्स दीयाको पछिल्लो फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ । पछिल्लो समय उनी ‘दयारानी’ फिल्ममा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप