तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
शुक्रबार, ३० जेठ २०८२, ०७ : ०३
सारांश
- इरानको राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरिएको छ।
- तेहरानमा कम्तीमा ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ, र विस्फोटहरू शहरका विभिन्न भागमा भएका छन्।
- सरकारी समाचार संस्था आईआरएनएले इजरायली हमलामा क्षति पुगेको भन्दै केही आवासीय भवनहरूको फोटो सार्वजनिक गरेको छ।
तेहरान । इरानले जारी गरेको नोटमका अनुसार राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ । नोटम भनेको विमान उडान गर्नुअघि सबै पाइलटहरूले पढ्नुपर्ने सूचना बुलेटिन हो।
तेहरानमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ। सीएनएनका इसाक यीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा कम्तिमा दुई विस्फोट सुनेको छु।’ विस्फोटहरू कुनै एक ठाउँमा मात्र नभई सहरका विभिन्न भागहरूमा भएका छन्।
इरानी सरकारी टेलिभिजन आईआरआईबीले पनि विस्फोटहरू पुष्टि गरेको छ र घटनाका केही दृश्यहरू देखाएको छ।
सरकारी समाचार संस्था आईआरएनएले इजरायली हमलामा क्षति पुगेको भन्दै केही आवासीय भवनहरूको फोटो सार्वजनिक गरेको छ।
तस्बिरहरूमा ती भवनहरूमा ठुलो क्षति देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण