१० बजे १० समाचार : दिलभूषणविरुद्ध पक्राउ पुर्जी, रातोपाटी सर्वेक्षणमा बालेन अगाडि

आज मिति २०८२ साल जेठ महिनाको २८ गते बुधबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- रातोपाटी सर्वेक्षण
नेपालमा १३ वर्षदेखि २८ वर्ष उमेर समूहका ‘जेन–जी’ पुस्ताको पहिलो रोजाइको नेतामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह रहेको पाइएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी रातोपाटीले जेन–जी पुस्ताका एक हजार १९ जनासँग गरेको मत सर्वेक्षणमा बालेन पहिलो रोजाइको नेता देखिएका हुन् ।
- विराटनगर विमान विद्रोह
दुर्गा सुवेदीले आफ्नो पुस्तकमा उल्लेख गरेजस्तै धेरै कांग्रेस नेता कार्यकर्ताहरूले सबै चिज छोडेर हिँडेका थिए, ज्यानकै बाजी लगाएका थिए, प्रवासमा दुःख गरेर बसेका थिए । क्रान्तिमार्फत प्रजातन्त्र पुनर्बहालीका लागि विराटनगरका तीन युवाले ०३० जेठ २८ गते विमान अपहरणको एउटा ठुलो ‘दुस्साहस’ तमाम गरेका थिए । जहाँ विराटनगरका उनै सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेल थिए ।
- नेप्सेको पुनर्संरचना
नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनापछि मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सिवाकोटी नेतृत्वको तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदन धितोपत्र बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो ।
- राष्ट्रिय गाैरवका आयाेजना
राष्ट्रिय गौरवका ९ वटा आयोजनाका लागि संघीय सरकारबाट शून्य बजेट विनियोजन भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय गौरवमा सूचीकृत २७ मध्ये ९ आयोजनामा कुनै पनि बजेट विनियोजन भएनन् ।
- दिलभूषण पाठक
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
- भ्रष्टाचार
काठमाडौँ महानगरपालिकामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।
- न्यायालय
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब असार १८ मा आउने भएको छ ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बिहीबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा चलायो । यसैक्रममा पतञ्जली कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहविरुद्ध पनि मुद्दा चलाइयो ।
- काज फिर्ता
गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो ।
- संसद् बैठक
प्रतिनिधिसभा बैठक बिहीबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै आएका विपक्षीले आज पनि अवरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
- अपराध
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन