टोखा घटना : ७ राउन्ड गोली चलाएर २ सय ग्राम खैरो हेरोइन बरामद
सारांश
- काठमाडौंको टोखामा लागुऔषध कारोबारी र प्रहरीबिच जम्काभेट हुँदा ७ राउन्ड गोली चल्यो। प्रहरी हवल्दार घाइते, आत्मरक्षाका लागि गोली चलाइएको दाबी।
- गोली लागेर दुई भारतीय घाइते, उनीहरूले प्रहरीलाई रड प्रहार गरेको आरोप। २ सय ग्राम खैरो हेरोइन बरामद, स्पिकरमा लुकाइएको अवस्थामा फेला।
- प्रहरीले ४ जनालाई नियन्त्रणमा लियो, जसमा गोली लागेका दुई भारतीय र दुई अन्य व्यक्ति छन्। यसअघि पनि लागुऔषध मुद्दा खेपेका व्यक्ति संलग्न रहेको पुष्टि।
काठमाडौँ । काठमाडौँको टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट हुँदा मंगलबार प्रहरीले ७ राउन्ड गोली चलायो । खैरो हेरोइन कारोबार गर्नेहरूले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।
कारोबारीको आक्रमणमा परेर लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी हवलदार नवराज घिसिङ र प्रहरी सहायक हवलदार रवीन्द्र केसी घाइते भएका छन् । घिसिङको बायाँ घुँडामा र केसीको दायाँ पाखुरामा चोट लागेको ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागी गोली चलाएका हौँ ।’
४ राउन्ड हवाई फायर र त्यसपछि ३ राउन्ड गोली चलाउनुपरेको एसएसपी कोइरालाले बताए । प्रहरीको गोली लागेर भारतको वेस्ट बङ्गाल घर भएका ४० वर्षीय सशिक आलम र बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम घाइते भएका छन् ।
उनीहरू दुवैजनाको बायाँ खुट्टामा चोट लागेको छ । आलमद्वयको ट्रमा सेन्टरमा उपचार हुँदै छ । उनीहरूले प्रहरीलाई रड प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । स्पिकर भित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको एसएसपी कोइरालाले बताए ।
मंगलबार दिउँसो २ बजेतिर सुनधाराबाट भारतको पठाना घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाल पक्राउ परेका थिए । उनीहरूको बयानको आधारमा ब्युरोको टोली ग्राण्डी पुगेको थियो । दुईजना गोली लागेकाहरू सहित ४ जनालाई नियन्त्रणमा लिइएको एसएसपी कोइरालाले बताए ।
गोली लागेर घाइते भएका साशिक आलम यसअघि पनि लागुऔषधको मुद्दा खेपेका व्यक्ति हुन् । उनी ६ महिना पहिले मात्र धरौटीमा छुटेर फेरी लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भारतीयहरू नेपाल आउजाउ गरिरहन्थे । उनीहरू लामो समयदेखि खैरो हेरोइन कारोबारमा संलग्न रहेको सूचनाको आधारमा ब्युरोको टोलीले पछ्याइरहेको एसएसपी कोइरालाले जानकारी दिए । उनले भने, ‘यो समूहबारे हामीले केही समय यता निगरानी गरिरहेका थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण