नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी

समाचार सारांश
- प्रहरीले डीएसपी हुँ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रे र सुनसरीका व्यक्तिहरू छन्, जसले मुद्दा मिलाइदिने भन्दै ६ लाख ठगेका थिए।
- पक्राउ परेका ज्ञानु तामाङ यसअघि हातहतियार र अन्य कसूरमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्।
काठमाडौँ । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौरी देउराली–८ बस्ने वर्ष ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भई कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका छन् । उनीहरूले प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।
ज्ञानु तामाङ २०७० फागुन २० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेको, २०७० वैशाख १६ गते काठमाडौँ जिल्ला, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँबाट सार्वजनिक अपराध कसुरमा र २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ ।
दुवैलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना