नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी
सारांश
- प्रहरीले डीएसपी हुँ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रे र सुनसरीका व्यक्तिहरू छन्, जसले मुद्दा मिलाइदिने भन्दै ६ लाख ठगेका थिए।
- पक्राउ परेका ज्ञानु तामाङ यसअघि हातहतियार र अन्य कसूरमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्।
काठमाडौँ । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौरी देउराली–८ बस्ने वर्ष ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भई कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका छन् । उनीहरूले प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।
ज्ञानु तामाङ २०७० फागुन २० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेको, २०७० वैशाख १६ गते काठमाडौँ जिल्ला, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँबाट सार्वजनिक अपराध कसुरमा र २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ ।
दुवैलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण