शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
अनेरास्ववियु २४ औँ राष्ट्रिय महाधिवेशन

अनेरास्ववियु २४ औँ महाधिवेशन: ४५ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने

बुधबार, २८ जेठ २०८२, २३ : २२
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने। मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ।
  • अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। निर्वाचन कमिटीले अन्तिम नामावली सार्वजनिक गरेको छ।
  • नयाँ नेतृत्वका लागि १५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानपछि मतगणना र परिणाम घोषणा हुनेछ।

काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर भोली बिहान (बिहीबार) ८ बजेदेखि मतदान हुनेछ । 

अनेरास्ववियु २४ औँ महाधिवेशन आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मतपरिणाम आउने बताए। 

निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशित गरेपछि भोटिङ मेसिनको व्यवस्थापनको काम भइरहेको विष्टको भनाइ छ । उम्मेदवारहरुको फोटोसहितको नामावली भोटिङ मेसिनमा राख्ने काम भइरहेको र त्यसका लागि ६ घण्टा लाग्ने बताए । 

मेसिनमा राख्ने सकिएपछि भोली बिहानदेखि नै मतदान हुने र मतदान सकिएको केही समयभित्र मतपरिणाम आउने उनको भनाइ छ । 

निर्वाचन कमिटीले भोली बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय राखेको छ । मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ । 

नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् । 

अनेरास्ववियुको अध्यक्षका लागी डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । कडरियाको प्यानलबाट दिपक धामी र पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप