अनेरास्ववियु २४ औँ महाधिवेशन: ४५ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने
सारांश
- अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने। मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ।
- अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। निर्वाचन कमिटीले अन्तिम नामावली सार्वजनिक गरेको छ।
- नयाँ नेतृत्वका लागि १५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानपछि मतगणना र परिणाम घोषणा हुनेछ।
काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर भोली बिहान (बिहीबार) ८ बजेदेखि मतदान हुनेछ ।
अनेरास्ववियु २४ औँ महाधिवेशन आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मतपरिणाम आउने बताए।
निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशित गरेपछि भोटिङ मेसिनको व्यवस्थापनको काम भइरहेको विष्टको भनाइ छ । उम्मेदवारहरुको फोटोसहितको नामावली भोटिङ मेसिनमा राख्ने काम भइरहेको र त्यसका लागि ६ घण्टा लाग्ने बताए ।
मेसिनमा राख्ने सकिएपछि भोली बिहानदेखि नै मतदान हुने र मतदान सकिएको केही समयभित्र मतपरिणाम आउने उनको भनाइ छ ।
निर्वाचन कमिटीले भोली बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय राखेको छ । मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ ।
नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
अनेरास्ववियुको अध्यक्षका लागी डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । कडरियाको प्यानलबाट दिपक धामी र पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण