अनेरास्ववियुका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक, को-को बने उम्मेदवार ?
सारांश
- अनेरास्ववियुको २४औँ महाधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरियो। अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्।
- दुई उपाध्यक्ष पदका लागि ८ जना र महासचिव पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन्। उपमहासचिव र सचिव पदमा पनि उम्मेदवारी परेको छ।
- सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्वका लागि बिहीबार बिहान ८ बजेबाट मतदान हुने भएको छ।
काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको चार दिनयता जारी २४ औँ महाधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सूची प्रकाशन भएको छ । निर्वाचन कमिटीले बुधबार राति उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।
सार्वजनिक उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी कायम भएको छ । त्यसैगरी दुई उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी रहेको छ ।
महिला उपाध्यक्षमा अन्जना सिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी पर्दा खुलातर्फ गणेशबहादुर शाही, भरतसिंह धामी, राजकुमार ढकाल, र विकास श्रेष्ठले उम्मेदवारी दिएका छन् । महासचिवमा ३ जनाको उम्मेदवारी कायम भएको छ ।
महासचिवमा आरके रोमस, दिपक धामी, सुनिल कँडेलको उम्मेदवारी छ । उपमहासचिवमा ३ जनाको उम्मेदवारी पर्दा चार सचिव पदका लागि ३५ जनाको उम्मेदवारी परेकाे छ ।
निर्वाचन कमिटीले नयाँ नेतृत्वका लागि बिहीबार बिहान ८ बजेबाट मतदान हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सहमतिबाट नेतृत्व चयनको प्रयास असफल बनेपछि मतदानको विकल्प रोजिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण